Saturday, February 23, 2013

नमोबुद्ध – बल्थली - खोपासी (फोटो कथा)

नजिकको तीर्थ हेला भने झै काठमाण्डौं बसेको दशक बित्दा पनि काठमाण्डैबाट लगभग ४० किमी दुरीको नमोबुद्ध जाने अवसर जुरेको थिएन । यहि हिउँदको एक शनिबार काभ्रेको नमोबुद्धबाट हिड्दै बल्थली पुग्दा पहिले नै किन यहाँ आइएनछ भनेर थकथकी लागिरह्यो । लगभग ३ घण्टाको उकालो कम ओरालो बढीको पैदल यात्रा गर्दा छर्लङ्गै खुलेको हिमाल, सल्लाको सुसेली, चराको चिरबिर, लटरम्म सुन्तलाका बोटले लोभ्याईरहे । बोटबाट टिप्दा टिप्दैको सुन्तलाको स्वाद र टाढा देखिने डाँडोको मूल आएको पानी, बाटै छेउको कलधाराबाट कलकल गर्दै खाँदाको मज्जा यात्राको थकानलाई भुलाउन पर्याप्त थिए । बाँदर लड्ने भिर खोपेरे बनाइएका मान्छे हिड्न मिल्ने खुट्किला, आलु रोप्न ठिक्क पारिएको बल्थलीको फाँट र डोल यात्राका थप आकर्षण थिए । 
काठमाण्डौंबाट लगभग डेढ घण्टाको बसयात्रामा नमोबुद्ध पुग्न सकिन्छ । त्यहाँबाट बल्थली हुँदै हिडेर खोपासी निस्कने हो भने लगभग ४ घण्टा छुट्याउनुपर्छ । त्यसपछि बस चढेर पनौती, बनेपा हुदै काठमाण्डौं फर्कन लगभग डेढदेखि २ घण्टा लाग्छ । होईन एक रात बल्थलीमै बिताउने हो भने पनि बल्थलीको डाँडागाउमा सुविधा सम्पन्न बल्थली भिलेज रिसोर्ट छ । स्थानीय खानेकुराको स्वाद, क्याम्प फायर गर्न मिल्ने बातावरण र सूर्योदयसँगै देखिने हिमश्रृखला र हल्का कुहिरोले छोपेको खोपासी आसपासको क्षेत्रले बल्थली बसाईलाई अविष्मरणीय बनाउँछ ।

बाँकी यी तस्वीरहरु आफै बोलेका छन् ।
काभ्रे जिल्लामा पर्ने नमोबुद्धको गुम्बा
नमोबुद्धको गुम्बा
नमोबुद्धको जंगलमा टागिएका ध्वजा पतका
नमोबुद्धबाट देखिएको हिमश्रृखला
नमोबुद्धबाट देखिएको बल्थलीको फाँट ।  पर पहाडको फेदीको खुल्ला चौर जहाँसम्म हिडेर पुग्नु छ ।
नमोबुद्धबाट देखिएको सुन्तला भिजेल र परको खोपासी बजार
यात्राको क्रममा बाटोमा देखिने सुन्तलाको बोट 

बाटोबाट एसो हात लम्काउदा पनि सुन्तला टिप्न सकिन्छ 
काठमाण्डौं लान तयार पारिदै गरेका सुन्तला 
काठमाण्डौं लान तयार पारिदै गरेका सुन्तला

सहि बाटोमा छौ कि छैनौं भनेर सोधेपछि हामीलाई बाटो देखाईदिदै एक बा
बाटो नभूल्लियोस भनेर राखिएका चिन्हहरु
बाँदर नै लड्ला जस्तो भिरको बीचमा हिड्नका लागि खोपिएका खुट्किलाहरु

रोशी माथिको पुल । जुन पुल तरेर उकालो लागेपछि शुरु हुन्छ बल्थली गाउँ
आलु रोपेका खेतहरु
र तलका तस्बिरहरु चाहि बल्थली भिलेज रिसोर्टबाट देखिएका बिहान पखको दृश्य । जसमा खोपास बजारलाई हल्का कुहिरेले छोपेको



दाहिनेतिरको अग्लो डाँडा नमोबुद्ध 

4 comments:

  1. This comment has been removed by a blog administrator.

    ReplyDelete
  2. A very good read indeed and interesting clicks around the trail. This photo-story reminded me of our hike that we made on this very trail a year ago. We too had really cherish-able moments like yours :)
    Facebook album link of our hike- http://goo.gl/LXLd2

    ReplyDelete

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates