Saturday, February 23, 2013

नमोबुद्ध – बल्थली - खोपासी (फोटो कथा)

नजिकको तीर्थ हेला भने झै काठमाण्डौं बसेको दशक बित्दा पनि काठमाण्डैबाट लगभग ४० किमी दुरीको नमोबुद्ध जाने अवसर जुरेको थिएन । यहि हिउँदको एक शनिबार काभ्रेको नमोबुद्धबाट हिड्दै बल्थली पुग्दा पहिले नै किन यहाँ आइएनछ भनेर थकथकी लागिरह्यो । लगभग ३ घण्टाको उकालो कम ओरालो बढीको पैदल यात्रा गर्दा छर्लङ्गै खुलेको हिमाल, सल्लाको सुसेली, चराको चिरबिर, लटरम्म सुन्तलाका बोटले लोभ्याईरहे । बोटबाट टिप्दा टिप्दैको सुन्तलाको स्वाद र टाढा देखिने डाँडोको मूल आएको पानी, बाटै छेउको कलधाराबाट कलकल गर्दै खाँदाको मज्जा यात्राको थकानलाई भुलाउन पर्याप्त थिए । बाँदर लड्ने भिर खोपेरे बनाइएका मान्छे हिड्न मिल्ने खुट्किला, आलु रोप्न ठिक्क पारिएको बल्थलीको फाँट र डोल यात्राका थप आकर्षण थिए । 
 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates