Wednesday, October 10, 2012

दुवई र ड्रेस

दोहाबाट दुवईका उडान समय १ घण्टा भनिए पनि हामी लगभग ४६ मिनेटमै दुवई ल्याण्ड भयौ । दोहा जादा दुवई एयरपोर्टमा पाएको सास्ती सम्झदा हामीलाई दुवई इमिग्रेसनले सजिलेसँग प्रवेश देला भन्ने लागेको थिएन । किन आको, कहाँ बस्ने, होटल बुकिंग छ कि छैन, पैसा छ कि छैन लगायत १२, २७ कुरा सोधेर झन्टट देलान भन्ने थियो तर त्यसको ठिक उल्टो एक शब्द पनि नबोलि पासपोर्टमा छाप हानिदए ।   

एयरपोर्टबाट होटलको दुरी ४, ५ कि.मी मात्र टाढा रैछ र हामी होटल पुग्दा दिनको साढे १२ जति बजेको थियो । हामीले दुवईको देरा भन्ने ठाँउमा होटल बुक गरेका थियौं । होटलमा भारी विसाएर वरिपरि नियाल्दा यस्तो लाग्थ्यो हामी काठमाण्डौं सुन्धाराको कुनै होटलमा छौं । अर्थात देरा हामीलाई हाम्रै सुन्धारा लाग्यो । साथीभाईहरुले कहाँ बस्नु भएको छ भनेर सोध्दा हाम्रो पहिलो जवाफ सुन्धारामा भन्ने हुन्थ्यो, त्यसपछि मात्र दैरा ।

Friday, October 05, 2012

अनि दशै आउछ ...

उमेरले उकालो चढ्दै गएपछि बितेका कुरा सम्झदामात्र पनि मन रोमान्चित हुने रै'छ । त्यसमाथि सानो छदाँ गरेको उपद्रो, चाडपर्व मनाउदाको छाप त जहिले पनि मनमा ताजै, उस्तै । चाडपर्व मध्ये पनि दशैमा गरिने रमाईलो, उटपट्यांग त झनै रमाईलो ।

मोरंगको सुन्दरपुर र काठमाण्डौंमा पछिल्लो समयमा मनाएका दशै खासै यादगार नभएपनि पहाड (भूल्के भोजपुर) मा मनाएका दशैहरु स्मृतिमा ताजै छन् । दशै आउनुभन्दा १०, १५ दिन अगाडि घर नजिकैको बाटो सरसफाई गरेपछि दशै आउन लागेछ भन्ने थाहा हुन्थ्यो । बाटा वरिपरिको झार, भत्केको ठाँउमा मर्मत गर्नलाई टोल, वडा, गाऊ पूरै जुट्थ्यो । एक, दुई दिन अगाडि नै थाहा हुन्थ्यो बाटो सरसफाई हुने दिन । सानै भएपनि म पनि कुटो, कोदालो बोकेर २, ४ वटा दशैको बाटो सरसफाईमा समावेश भए । घर पोत्नका कमेरो वा रातोमाटोको प्रयोग हुन्थ्यो । त्यो माटो, कमेरोलाई खडकुलामा हालेर घोलिथ्यो र घर रंगाईन्थ्यो । कमेरो, रातो माटो लिन कम्तिमा पनि एकाध घण्टा हिड्नु पथ्र्यो ।

Wednesday, October 03, 2012

यस पटकको ICC World T20 को उपाधी कस्ले जित्ला ?

अपडेट १
ICC World T20 को उपाधि वेस्टईन्डिजले जितेको छ । फाईनलमा आयोजक श्रीलंकालाई हराउदै वेस्टईन्डिजले उपाधि जितेको हो । 

अपडेट
श्रीलंका र वेस्टइन्डिज ICC World T20 को फाइनलमा पुगेका छन् । श्रीलंकाले पाकिस्तान र वेस्टइन्डिजले अष्ट्रेलियालाई हराउदै फाइनल खेल्ने पक्का भएको हो । फाईनल खेल आईतबार हुनेछ । तपाईलाई चाहि यस पटकको ICC World T20 को उपाधी कस्ले जित्छ जस्तो लाग्छ, कृपया भोट गर्नुहोला ।
  
Posted on Oct 3, 2012
श्रीलंकामा जारी ICC World T20 को सेमिफाईनल समिकरण पूरा भएको छ । पाकिस्तान, अष्ट्रेलिया, वेस्टइन्जिड र आयोजक श्रीलंका सेमिफाईनमा पुगेका छन् । 

सेमिफाईनल तालिका
श्रीलंका vs पाकिस्तान : बिहिबार, अक्टुबर ४
अष्ट्रेलिया vs वेस्टइन्डिज : शुक्रबार, अक्टुबर ५

दुबै खेल नेपाली समय अनुसार साँझको ७.१५ मा शुरु हुनेछन् । फाईनल खेल आईतबार हुनेछ ।
 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates