Saturday, September 29, 2012

ट्वीटर र फेसबुकमा चोरको विगविगी


चोर भन्ने वित्तिकै रातविरात घरमा पसेर पैसा, गहना चोर्ने व्यक्तिको आकृति आउछ । तर आजकाल चोरको परिभाषा फेरिएछ । पछिल्लो एक बर्ष सामाजिक मिडिया र अनलाईनमा नजिकै रहेर काम गर्दा धेरै पटक नयाँ चोरहरुको फेला परियो । नयाँ चोर, जसको काम समाचार, फेसबुक स्टाटस, ट्वीटस, रेडियो कार्यक्रम, भिडियो चोरेर आफ्नो वेव साईट, ट्वीटर, फेसबुक, युट्युवमा आफुले सिर्जना गरेजस्तै गरी कपी पेस्ट गर्नु हो ।

हिजो अर्थात (September 28, 2012 Friday) कै कुरा गरौं, सीता एयरको विमान दुर्घटना भएपछि त्यसको जानकारी दिन फेसबुक, ट्वीटरमा धेरैजनाले स्टाटस लेख्नु भयो, ट्वीटस गर्नु भयो, फोटोहरु राख्नुभयो । तर केहि बेरमा ती स्टाटस, ट्वीटस्, फोटोहरु आफैले लेखे जस्तै, आफैले खिचेजस्तै गरी संसारभर पुगे । फोटो खिच्ने, सिर्जना गर्ने त कता विलिन भए भए । 

मेरो व्लगको पेजमा मैले लेखेको फेसबुक स्टाटस, केहि समयपछि अर्को साथीबाट मेरो टाईमलाईनमा आयो ।
मैले मेरो व्गलको फेसबुक पेजमा लेखेको स्टाटस
अब आफै तुलना गर्नुहोस, अन्तिमको ४ शब्द काट्ने बाहेक माथिको र तलकोमा कुनै, केहि फरक छ त ?




पछिल्लो दुईजनाले कहाँबाट कपी गरेको भन्ने केहि अस्पष्टरुपमा खुलाएपनि पहिलो साथीले आफ्नै सिर्जना जस्तै गरी लेख्नु भएको छ । उल्लेखित तीनै जना साथीहरु राष्ट्रिय मिडियामा पत्रकारिता गर्नुहुन्छ । 

पत्रकार नारायण अमृतले लेख्नु भएको एउटा ट्वीटस ६० पटक भन्दा बढी रिटुईट भयो । धेरैलाई त्यहि रिटुईटको लोभ र फलोवर बढाउने चाहले होला, आफ्नो बनाएर ट्वीटिन थाले । नारायणजीको ट्वीट जसले चोरे, उनीहरुको विवरण जस्तोको तस्तै, 

मन परेका फेसबुक स्टाटस, ट्वीट्स, समाचारहरु जसले सिर्जना गरेको हो, उसलाई क्रेडिट दिएर वा श्रोत खुलाएर शेयर गर्न, कमेन्ट गर्न सजिलो बाटो हुदाहुदै पनि हामी गलत बाटो रोज्दैछौं । अझ यस्तो गर्नेमा धेरै पत्रकार, सञ्चारकर्मी छौं भन्दा त लाज मर्नु हुन्छ । यस्तो गलत कार्य अर्थात चोरी कसैले नजानी गर्नु भा भने सिक्नुहोस । होईन जानी जानी, बडो गर्वसाथ अरुको सिर्जनालाई आफ्नो बनाउने गर्नु भा'छ भने, त्यस्ता सम्पूर्ण चोरहरुलाई हार्दिक श्रद्धान्जली !
अरु धेरै साथीहरु पनि यस्तो चोरीको शिकार हुनु भएको होला ? यसलाई सक्दो शेयर गरौं र चोरलाई लाजले कुरिकुरि बनाऊ !!

4 comments:

  1. मेरो एकजना साथीले त झन् पुरै कापी पेस्ट गरे... कुनै शब्द काट्ने/थप्ने समेत गरेनन्... यस्तै हो समाज... हेर्नुस फरक दुइटा टाइमलाइनको...
    मेरो टाइमलाइनमा
    http://www.facebook.com/ravicool/posts/10152112904745123?ref=notif&notif_t=like
    अब हेर्नुस मेरो साथी सुवास जी को टाइमलाइनमा...
    http://www.facebook.com/suvasss/posts/2411059772330?notif_t=feed_comment_reply
    यस्तै हो संसार...

    ReplyDelete
  2. चोरहरुलाइ नाङ्गो बनाइदिनु भएकामा कृष्ण सरलाइ धन्यबाद-

    ReplyDelete
  3. कसैको सृजना कपी गर्दा श्रोत खुलाएर पोष्ट गर्दा हुन्छ, उसैप्रतिको सम्मान अनि प्रख्याती पनि हो तर पवन पौडेलले साभार गरेको देखियो तर बडुलाल दीपेन्द्र र केशव अधिकारीको कमजोरी कहाँ छ ? उहाँहरुले पवन पौडेलबाट साभार गर्नुभयो मज्जाले क्रेडिट दिनुभएको छ, तपाईंहरुको पनि यसरी "पछिल्ला दुई जनाले अस्पष्ट ...." भन्ने शब्दले अतिरञ्जित बनाएकै हो ।

    ReplyDelete
    Replies
    1. दीपक जी, धन्यवाद कमेन्टका लागि । उहाँहरुले पनि स्टाटस शेयर गर्ने सजिलो बाटो हुदाँहुदै कपिपेस्टमै लोभ गर्नुभयो भन्नमात्र खोजेको हो ।

      Delete

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates