Saturday, September 29, 2012

ट्वीटर र फेसबुकमा चोरको विगविगी


चोर भन्ने वित्तिकै रातविरात घरमा पसेर पैसा, गहना चोर्ने व्यक्तिको आकृति आउछ । तर आजकाल चोरको परिभाषा फेरिएछ । पछिल्लो एक बर्ष सामाजिक मिडिया र अनलाईनमा नजिकै रहेर काम गर्दा धेरै पटक नयाँ चोरहरुको फेला परियो । नयाँ चोर, जसको काम समाचार, फेसबुक स्टाटस, ट्वीटस, रेडियो कार्यक्रम, भिडियो चोरेर आफ्नो वेव साईट, ट्वीटर, फेसबुक, युट्युवमा आफुले सिर्जना गरेजस्तै गरी कपी पेस्ट गर्नु हो ।

हिजो अर्थात (September 28, 2012 Friday) कै कुरा गरौं, सीता एयरको विमान दुर्घटना भएपछि त्यसको जानकारी दिन फेसबुक, ट्वीटरमा धेरैजनाले स्टाटस लेख्नु भयो, ट्वीटस गर्नु भयो, फोटोहरु राख्नुभयो । तर केहि बेरमा ती स्टाटस, ट्वीटस्, फोटोहरु आफैले लेखे जस्तै, आफैले खिचेजस्तै गरी संसारभर पुगे । फोटो खिच्ने, सिर्जना गर्ने त कता विलिन भए भए । 

मेरो व्लगको पेजमा मैले लेखेको फेसबुक स्टाटस, केहि समयपछि अर्को साथीबाट मेरो टाईमलाईनमा आयो ।
मैले मेरो व्गलको फेसबुक पेजमा लेखेको स्टाटस
अब आफै तुलना गर्नुहोस, अन्तिमको ४ शब्द काट्ने बाहेक माथिको र तलकोमा कुनै, केहि फरक छ त ?

Wednesday, September 26, 2012

कतारको "मिनी नेपाल"


अर्काको देशमा पाईला राख्ने बित्तिकै दिनै जसो बोल्दै आएको भाषा विरानो बन्न थाल्छ । दिनदिनै खादै आएको स्वादे जिब्रो बेस्वादिलो हुन थाल्छ । वरिपरिको वातावरण र रहनसहन पराई लाग्न थाल्छन् । आक्कल झुक्कल हुने विदेश यात्रामा मलाई सबैभन्दा बढी बिझ्ने कुरा यिनै र यस्तै हुन । तर यसपटकको कतार यात्रा अरु यात्रा भन्दा विल्कुलै भिन्न भयो । आफ्नै भाषामा कुराकानी गर्ने दाजुभाई प्रसस्तै भेटिए, आफ्नै देश र स्वादका खानेकुराले पेट भरियो र आफ्नै परिवेशमा हिडेको, डुलेको महशुष भयो । 

दुवई एयरपोर्टको ट्रान्जिटमा दोहाका लागि बिमान कुर्दा भोकले असाध्यै गलाएको थियो । मध्यरात भएकोले ड्युटी फ्रिका केहि पसल मात्र खुल्ला थिए । अलि कुनामा रहेको म्याकडोनाल्डमा भिड थियो । हामी चारै जनाका आँखा पसलको भित्तामा टासेका म्याकडोनाल्डका बिभिन्न परिकारमा गएर गढेका थिए । एक आपसमा के खाने भनेर नेपालीमा कुरा मात्र के गरेका थियौं, अर्डर लिन तम्तयार दाई÷भाईले “ए नेपाली पो हुनुहुदो रैछ” भने । त्यसपछि त के चाहियो, नेपालीमा बात मार्दै नेपाली जिब्रोलाई स्वादिलो लाग्ने स्पाईसी बर्गर खान उनले सुझाए । भोकले जे भेटेपनि खाउ भएका हाम्रा लागि उनको सल्लाहलाई नकार्ने कुरै भएन । 

Sunday, September 23, 2012

खाडी यात्राका केहि तिता क्षण

“दुःख पाईस मंगले आफ्नै ढंगले” उखान यसपल्ट आफैलाई लागू भयो । दुःख भनेर उत्पात, आकाशै खसेर थिचे जस्तो दुःख हैन, तर पनि थाहा पाउदै पाउदै, जान्दाजान्दै आफ्नै वरीपरिकाबाट दुःखी हुन पर्यो । जसको सिलसिला काठमाण्डौंको एयरपोर्टबाटै शुरु हुन्छ । 

कम पैसामा उडाउने भएपछि फ्लाई दुवई (Fly Dubai) आजकाल कतार र युएई जाने धेरै नेपालीको पहिलो प्राथमिकतामा पर्छ । हाम्रो पनि काठमाण्डौं-कतार-दुवई-काठमाण्डौंको टिकट फ्लाई दुवईकै थियो । बजेट एयरलाईन्स भएकोले विमानमा पानी लगायत सबै खानेकुरा किनेर खानुपर्छ । अझ लगेजको पनि छुट्टै पैसा तिर्नु पर्ने । टिकट किन्दा पैसा थप्यो भने एक जनाले २० केजी वा पैसा अनुसार बढी तौलको लगेज लान पाउछ । हामी ४ जना भएकोले २ वटा टिकटमा मात्र प्रति टिकट २० किलो लगेजको पैसा तिरेका थियौं, ४ जनाको ४० किलो भन्दा बढी हुदैन होला भन्ने हिसाबले । तर एकमित्र एक्लै ३७ किलोको सुटकेश बोकेर टुपुल्किए । उनको ३७ किलोको व्यवहार मिलाउन हामीलाई कम्तिमा डेढ घण्टा लाग्यो, त्यो पनि एकजनाले आफ्नो सुटकेशलाई हेण्डक्यारी बनाएपछि मात्रै । ३७ किलोलाई २० किलोमा झार्न अरु ३ वटा अरु सुटकेश र व्यागहरु खोतल खातल पार्नु पर्यो । आफ्नो सुटकेश ह्याण्डक्यारी गर्नुपर्ने भएपछि साथीले देखाएको रिस हेर्न लायकको थियो । 

Saturday, September 15, 2012

"परदेशी कान्छा"को परदेश कथा


सेप्टेम्बर १४, २०१२, शुक्रबार । दिनको २ बजिसकेको छ । ४० डिग्री तामक्रमको पारो विस्तारै घट्ने क्रममा छ । कतारको दोहास्थित तरबार चोक वरिपरि रहेको चौर र पीपलबोटमा मेचिदेखि महाकालीबाट काम गर्न कतारको दोहा आएका नेपालीहरुको चहलपहल विस्तारै बढ्दैछ । तातो घामबाट बच्न कोहि पर्खालको आडमा, कोहि रुखको छहारीमा बसेका छन । ४, ५ जना देखि २०, ३० जनाको समूह समूहमा बसेकाहरु गफिदै, आफुले ल्याएको पानी, जुस, कोक, खानेकुरा खादै छन् । मोवाईलको एयरफोन कानमा घुसाएर टोलाउदै एक्लै बस्नेहरको संख्या कम छैन । समूहको नजिकै पुग्दा आउन लागेका दशै तिहारका कुरा सुनिन्छन, ती चाडबाडमा घर जान ठिक्क परेकाहरुको अनुहारमा आएको चमक देखिन्छ । मोवाईलबाट बाहिरै सुनिनेगरि नेपाली दोहोरी गीत बजिरहेका छन । गाउघरको कुनै पनि हाट बजार भन्दा कम छैन माहौल । समूहमा थपिने, घट्ने क्रम चलिरहेको छ ।

खोज्दै जादा यो हुलमा भनेजति तलब नपाएर, तातो खप्न नसकेर वा अन्य विभिन्न कारणले अहिले नै घर फर्किन पाए नि हुन्थ्यो भन्नेहरु धेरै भेटिन्छन । अलि सजिलो र घरभित्र काम गर्नेहरु चाहि यतै राम्रो भएको, थोरै थोरै पैसा पनि कमाएको,  दाई, भाई, काका, ज्वाई, साला, जेठानलाई कतारतिरै कामका लागि बोलाउन तयारी गर्दै गरेकाहरु पनि प्रशस्तै भेटिन्छन् । र यसै हुलमा भेटिएका सोलुखुम्बु जुभूका तुलाराज राई “परदेशी कान्छा”को कथा चाहि यस्तो छ । 
 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates