Friday, August 31, 2012

अपडेट नहुने ट्वीटर एकाउण्टहरु


ट्वीटरमा कसैलाई फलो गर्नु वा पछ्याउनु भनेको उसको ट्वीटहरु पढ्नका लागि हो । त्यसमा पनि ठूला मिडिया हाउस, देश हाँक्ने व्यक्तित्व, चर्चित अभिनेताका ट्वीटर एकाउण्टलाई फलो नगर्नेमा कम मात्रै पर्छौ । ट्वीटर चलाउदै जाँदा केहि यस्ता नेपाली ट्वीटर एकाउण्ट पनि भेटिए, जसको फलोअर हजारौंको संख्यामा छन् तर समन्धित एकाउण्ट लामो समयदेखि निश्क्रिय छन् र त्यस्ता एकाउण्टहरु मध्ये केहि फेक पनि छन् । तर जे भएपनि फलोवर थपिने क्रमचाहि रोकिएको छ्रैन । कुनै दिन झर्ला खाउला भनेर फलो गरेको हो भने अर्कै कुरा, नत्र त्यस्ता एकाण्उटलाई फलो गर्नुको कुनै अर्थ छैन । उदाहरणका लागि जस्तै, 

अस्ति मात्र सम्बोधनमा फेसबुकबाट सचेत गराउनेलाई धन्यवाद भन्न भ्याएका प्रधानमन्त्रीको ट्वीटर एकाउण्ट लामो समयदेखि अपडेट छैन । प्रधानमन्त्री भट्टराईको भनिएको एकाउण्ट पनि नक्कली हो भन्ने अनुमान छ । 


त्यस्तै महानायक राजेश हमालको फ्यानहरुको भनेर खोलेको ट्वीटर एकाउण्ट त झनै बेहाल छ । राजेश हमालले विभिन्न पत्रपत्रिकामा भने अनुसार उनको फेसबुक, ट्वीटर कुनै एकाउण्ट पनि छैन र भएका सबै फेक हुन  

देशकै नम्बर १ पत्रिका कान्तिपुर दैनिकको हेरौं । ० ट्वीटस तर फलोवर लगभग ५ हजारको हाराहारीमा ।

अनि कान्तिपुरै अफिसियल पेज रे । भोटे ताल्चा लगाएको छ, अर्थात एकाउण्ट प्रोटेक्ट गरेको छ ।  फलो गर्यो भने स्वीकृत गर्ने हो कि हैन के था ।




यस्ता एकाउण्टलाई फलो गर्दा सम्वन्धित मान्छेको हो या होईन भनेर बुझेर मात्र गर्दा राम्रो हुन्छ । मैले चाहि यस्ता एकाउण्टलाई फलो गरेको छैन र जहिलेसम्म सम्वन्धित मान्छेले चलाएका हुन भन्ने पुष्टि हुन्नन फलो  गर्दिन पनि ।  

फेक एकाउण्टहरुलाई सम्वन्धित संस्था वा व्यक्तिले हटाउने वा होईन भन्ने पुष्टिका लागि पहल गरे तपाई हामी जस्ता धेरैलाई सजिलो हुने थियो नि हैन र !

1 comment:

  1. गजब जानकारी | मैले त फिल्टर राखेर लामो समय देखि अपडेट नहुने लाइ अनफलो हुने ब्यबस्था गरेको छु| त्यसैले त्यस्तो एकाउन्ट को जानकारी छैन

    ReplyDelete

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates