Friday, August 31, 2012

अपडेट नहुने ट्वीटर एकाउण्टहरु


ट्वीटरमा कसैलाई फलो गर्नु वा पछ्याउनु भनेको उसको ट्वीटहरु पढ्नका लागि हो । त्यसमा पनि ठूला मिडिया हाउस, देश हाँक्ने व्यक्तित्व, चर्चित अभिनेताका ट्वीटर एकाउण्टलाई फलो नगर्नेमा कम मात्रै पर्छौ । ट्वीटर चलाउदै जाँदा केहि यस्ता नेपाली ट्वीटर एकाउण्ट पनि भेटिए, जसको फलोअर हजारौंको संख्यामा छन् तर समन्धित एकाउण्ट लामो समयदेखि निश्क्रिय छन् र त्यस्ता एकाउण्टहरु मध्ये केहि फेक पनि छन् । तर जे भएपनि फलोवर थपिने क्रमचाहि रोकिएको छ्रैन । कुनै दिन झर्ला खाउला भनेर फलो गरेको हो भने अर्कै कुरा, नत्र त्यस्ता एकाण्उटलाई फलो गर्नुको कुनै अर्थ छैन । उदाहरणका लागि जस्तै, 

अस्ति मात्र सम्बोधनमा फेसबुकबाट सचेत गराउनेलाई धन्यवाद भन्न भ्याएका प्रधानमन्त्रीको ट्वीटर एकाउण्ट लामो समयदेखि अपडेट छैन । प्रधानमन्त्री भट्टराईको भनिएको एकाउण्ट पनि नक्कली हो भन्ने अनुमान छ । 

Sunday, August 19, 2012

नाइटबसमा चक्रपथ परिक्रमा (kmcnightbus ridding)

इटहरी-काठमाण्डौं-इटहरी गर्दा धेरै पल्ट रात्री बसको चढेको भएपनि काठमाण्डौंका भित्री सडक र चक्रपथमा रात्री बस सञ्चालन हुन थालेपछि एक पल्टमा त्यसमा बसेर चक्रपथ घुम्न पर्ला भन्ने सोचिरहेको थिए ।  हिजो (शनिबार) विहान ट्वीटरको टाईमलाईनमा केहि साथीहरुले नाईटवस चढेर चक्रपथ घुम्ने योजना बनाउनु भएको थाहा पाएपछि म पनि त्यहि समूहमा सामेल भएर २७.३८ कि.मि. लामो चक्रपथको एक चक्कर मारे । 
Photo: Salokya
कोटेश्वरबाट सातदोवाटो, कलंकी हुदै छुट्ने पहिलो बसमा यात्रा गर्ने योजना बमोजिम म बस चढ्न एकान्तकुना पुग्दा साँझको ८ बजेको थियो । रिंगरोडमा केहि माईक्रोबस, मिनीबसहरु चल्दै थिए र ती साधनमा यात्रु भरिभराउ नै थिए । लामो दुरीका रात्री बसमा पनि झिलीमिली बत्ति बाल्दै कलंकीतिर हुईकिरहेका थिए । फोटोमा बाहेक भर्खर सञ्चालनमा आएको रात्री बस नदेखेकोले बस नचिनिने हो कि भन्ने अलि अलि चिन्ता पनि लागिरहेको थियो । फेरि भनेको बेला जिपिआरएस नचल्ने भएकोले कोटेश्वर, सातदोवाटोबाट साथीहरु चढे चढेनन भन्ने पनि थाहा भएन । आँखा एकतमासले सातदोवाटोतिरबाट आउने बसहरुमै गढेका थिए । लगभग ८ बजेर २२ मिनेट जति गएको हुनुपर्छ,  रंगीचंगी, झिलीमिली भएको एउटा बस आयो । नजिकै आएपछि थाहा भईहाल्यो महानगरपालिकाले चलाएको रात्री बस यहि हो भनेर । ३,४ जना यात्रु ओर्ले । जसमध्ये १ जनाले चाहि राम्रै मापसे गरेका रहेछन् । खुट्टा लरवउदै थिए, सडक छेउको खाल्डोमा जमेको पानीमा ढलिहाले । 

Sunday, August 05, 2012

बाल्यकालको सम्झना (When we were little kid)


अहो, त्यो बाल्यकाल, स्कुले दिनहरु । मागेको कुरा पाईने र पुग्ने हो भने म त मेरो बाल्यकाल माग्थे, १० कक्षासम्म विताएका दिनहरु माग्थे । म मात्र होईन, धेरैजसोले यहि माग्थे होलान् । अनि समयलाई रिवाइन्ड गरेर टक्क रोक्न मिल्ने भए, म त १० कक्षापछिको जिन्दगी, भोगाईलाई टक्क रोक्थे र त्यहाँ भन्दा एक वित्ता पनि टसमस गर्दिनथे । 

केहि दिन अगाडि  क्रिशोलप्रभातले गरेका गाउघर, बाल्यकालका कुरा र आज साथीहरुले बाल्यकालका बारेमा गरका ट्वीटसले मलाई पनि मेरो स्वर्ण बाल्यकालको बारेमा लेख्न मन लाग्यो । लगभग १६ बर्षपछि आज मलाई पनि आफु जन्मिएको र हुर्किएको गाँउ (भोजपुर, भूल्के) फर्कन मन लाग्यो, जहाँ मैले आफ्नो जीवनको महत्वपूर्ण र कहिल्यै कहिल्यै नबिर्सने समय व्यतित गरेको छु ।

बर्षभरि खान पुग्ने धान आफ्नो खेतमा नफलेपनि मलाई सधै चामलकै भात चाहिन्थ्यो । कान्छो छोराको जिद्दीका अगाडि आमा, बुबको के नै पो चल्थ्यो र मेरो हरेक छाकमा सेतो भात हुन्थ्यो । कान्छो छोरो हुनुको खुब फाईदा उठाए मैले यस्तै यस्तै अरुका कुरामा पनि जिद्दी गरेर । मकै गोड्न, कोदो रोप्दा बारी खन्न अल्छि मान्ने भएकोले त्यस्तो बेलामा मेरो भागमा भान्सा पथ्र्यो । तर भाँडा चाहि माज्न पर्दैनथ्यो । रोपाई भएको दिनचाहि दिक्क लाग्दो हुन्थ्यो, खेताला समेतलाई खाना खाजा बनाउनु पर्ने । गहँको रोटी बेल्न र आलुको तरकारी पकाउनमा राम्रो थिए रे । कोहि सघाउने भएनन भने त तोरीका फुल देखिन्थ्यो खेताला भएको दिन । यी बाहेक दिनमा एक डोको घाँस त ठेक्का नै थियो, जसरी नि काट्नै पर्ने । अनि भैसी, बाख्राका लागि सोत्तर काट्न पनि हप्तामा दुई तीन दिन जानु पथ्र्यौ । अनि १० बजेदेखि ५ बजेसम्मको स्कूल त छदै थियो ।
 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates