Monday, July 02, 2012

स्पेनले जित्यो यूरोकप २०१२ (Spain won Eurocup 2012)

यूरोकप २०१२ को उपाधि स्पेनले जितेको छ । युक्रेनको राजधानी किभमा भएको फाईनलमा इटालीलाई ४-० ले हराउदै स्पेन तेश्रो पल्ट यूरो च्याम्पियन बन्यो । स्पेनका लागि पहिलो हाफमा डेभिड सिल्भा र जोर्डि अल्बाले १-१ गोल गरे । दोश्रो हाफमा सव्सिच्युयटमा आएका फर्नान्डो टोरेस र जुवान माटाले खेलको अन्त्यतिर १-१ गोल गरे । स्पेनले १९६४ मा तत्कालिन सोभियत संघ र २००८ मा जर्मनीलाई हराएर यूरोकप जितेको थियो ।


जितसँगै स्पेन यूरोकपको उपाधि रक्षा गर्ने पहिलो देश बनेको छ । यसअघि कुनै पनि देशले लगातार दुई पल्ट यूरोकप जितेका थिएनन् । साथै स्पेन लगातार ३ ठूलो उपाधि जित्ने पनि पहिलो देश बनेको छ । स्पेन २०१० को विश्वकप च्याम्पियन पनि हो ।
स्पेनले गरेका चारवटा गोलको हाईलाईट्स  (भिडियो)








Photos Source: UEFA.COM

No comments:

Post a Comment

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates