Saturday, July 21, 2012

१ लाख अमेरिकी डलरका कुरा

नेपाली फुटवलको सर्वोच्च निकाय अखिल नेपाल फुटवल संघका अध्यक्ष गणेश थापाका छोरा गौरव थापाको नाममा एएफसीको पूर्व अध्यक्ष मोहम्बद विन हमाम (हाल फिफाबाट भष्ट्रचारको अभियोगमा निलम्वित) ले एक लाख अमेरिकी डलर जम्मा गरेको भन्ने खबरले आज नेपाली सञ्चार जगत एकाएक तात्यो । 

विन हमामको भष्ट्रचार अभियोगमा छानविन गर्दा उनले एएफसीको खाताबाट गौरव थापालाई १ लाख अमेरिकी डलर दिएको खुलासा भएको हो । एफीले लेखेको समाचारमा विन हमामले कस कसलाई कति रकम दिए भन्ने फेरिहस्त छ । यो समाचारका बारेमा गणेश थापाले केहि टिभी च्यानलसँग हमामसँगको निकटताले व्यक्तिगत प्रयोजनका लागि ऋण लिएको र सो तिरिसकेको भनेर स्पष्टिकरण दिईसकेका छन् ।
एयिशन फुटवलको सवोच्च निकायसँग जोडिएको विषय भएकोले पनि गणेश थापाको स्पष्टिकरणमा धेरैको चित्त नबुझ्न सक्छ । यो रकम बिन हमामले गणेश थापालाई आफ्नो पक्षमा लिन र फिफा पदाधिकारिको चुनावमा भोट सुरक्षित गर्नका लागि खर्च गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ । आशा गरौं चाडै यो रहस्यको पर्दाफास हुनेछ । 

नेपाली तथा विदेशी अनलाईन सञ्चार माध्यममा छाएको यो खबरको नालीबेली तलका लिंकहरुमा क्लिक गरेर पढन सकिन्छ ।

Ujyaalo Online: हमामद्वारा एन्फा अध्यक्ष थापाका छोरालाई लाख डलर
NagarikNews: हमामको नालीबेली

AP News - Audit says Bin Hammam enriched himself


यो समाचार मिडियामा आएपछि ट्वीटरमा भेटिएका केहि प्रतिक्रियाहरु

No comments:

Post a Comment

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates