Friday, June 29, 2012

तथ्यांकमा यूरोकप २०१२ (Stats of Eurocup 2012)


यूक्रेन र पोल्याण्डमा जारी यूरोकप २०१२ मा अब फाईनल खेल मात्र बाँकी छ । फाईनलमा स्पेन र इटाली भिड्दै छन् । समूह चरणमा १-१ को बराबरी खेलेका स्पेन र इटालीबीच हुने फाईनलमा कसले बाजी मार्ने हो, सो का लागि आईतबार मध्यरातसम्म कुर्नुको विकल्प छैन ।  

Eurocup 2012 Final : Spain vs Italy (0.30 am, July 2, 2012, NST)


यूरोकप २०१२ मा सेमिफाईनल खेलहरु सकिदाँसम्मका केहि तथ्यांकहरु

  • प्रतियोगितामा स्पेनले नियमित समय (थप सयम र पेनाल्टी बाहेक) मा जम्मा १ गोल मात्र खाएको छ भने ८ गोल गरेको छ । स्पेनले एकमात्र गोल समूह चरणको पहिलो खेलमा इटालीसँग खाएको हो । 
  • सेमिफाईनल सकिदाँसम्म जम्मा ३ वटा रेड कार्ड र १२१ वटा पहेँलो कार्ड प्रयोग भएका छन् ।
  • सबैभन्दा धेरै १५ वटा पहेँलो कार्ड इटालीका खेलाडीले पाएका छन । त्यसपछि पोर्चुगल १२, ग्रीस ११ र स्पेनका १० खेलाडीले पहेँलो कार्ड पाएका छन् । 
  • सेमिफाईनलबाट बाहिरिएको जर्मनीले समूह चरणदेखि सेमिफाईनलसम्म पुग्दा सबैभन्दा धेरै १० गोल गरेको छ भने सबै भन्दा धेरै ९ गोल खानेमा समूह चरणबाटै बाहिरिएको रिपव्लिक अफ आयरल्याण्ड छ ।
  • पोर्चुगलले ४१ र स्पेनले ४० वटा कर्नर किक हान्ने अवसर पाएका छन् ।
  • ३ गोलसहित इटालीका मारियो बालोटेली, जर्मनीका मारियो गोमेज, पोर्चुगलका क्रिष्ट्रियानो रोलाल्डो, रसियाका एलान डिजागोभ र क्रोएशियाका मारियो मान्डुजिक शीर्ष गोलकर्ताका सूचिमा छन् ।
  • स्पेनका सेस फाब्रिगास र फर्नान्डो टोरेजले समान २, २ गोल गरेका छन् ।
  • पोर्चुगल र स्पेनबीच भएको दोश्रो सेमिफाईनलमा ५२ वटा फल भएको थियो भने ९ वटा पहेँलो कार्डको प्रयोग भएको थियो ।
  • जर्मनी र ग्रीसबीचका खेलमा भएका ६ गोल एउटै खेलमा भएको (पेनाल्टीबाहेक) सबैभन्दा धेरै गोल हुन ।
  • नकआउट चरणका दुईवटा खेलहरुको नतिजा पेनाल्टी सुटआउटमा भएको छ । क्वाटरफाईलनमा इंगल्याण्ड र इटाली तथा सेमिफाईनलमा स्पेन र पोर्चुगलबीचको खेल पेनाल्टी सुट आउटमा छिनोफानो भएको हो ।

Stats and pic source: http://www.uefa.com

No comments:

Post a Comment

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates