Wednesday, June 27, 2012

पत्तै नपाई इमेल आईडी ....@फेसबुक.कम


Source: Facebook.com

सानो सानो अपडेट गर्दा पनि अग्रिम जानकारी गराउने फेसबुकले आफ्नो झण्डै १ अर्व प्रयोगकर्तालाई सोमबार बिहान खुसुक्क नयाँ इमेल username@facebook.com बनाईदियो । नयाँ बनेको फेसबुक इमेल आईडीले तपाई हाम्रो Contact Info मा राखिएको जीमेल, याहु, हटमेल आदि इमेल आइडीलाई विना जानकारी प्रतिस्थापन (Replace) गरिदियो । कसैले तपाई हाम्रो प्रोफाईल हेरेको खण्डमा इमेल लेखेको ठाँउमा डिफल्टमै फेसबुकको नयाँ आईडी डिस्प्ले हुने गरि सेटिंग भयो । फेसबुकले केहि समयपहिलेदेखि ‘@facebook.com मा इमेल सेवा ऐच्छिक रुपमा उपलब्ध गराउदै आएको थियो । तर सोमबारदेखि भने फेसबुक प्रयोगकर्ताहरुले नचाहेपनि, प्रयोग नगरेपनि फेसबुकको नयाँ ईमेल आईडी पाएका छन् ।  

बिना जानकारी गरिएको यो परिवर्तनलाई फेसबुक प्रयोगकर्ता तथा सञ्चारमाध्यमले आलोचना गरेका छन् । बिबिसी, सीएनएन, फक्स न्यूज लगायतका अधिकांश सञ्चार माध्यमले प्रयोगकर्ताहरुको भनाईलाई 'Quote' गर्दै फेसबुकको यो कदम दिक्क लाग्दो, नचाहिदो भनेर प्रकाशन तथा प्रसारण गरेका छन् । साथै प्रकाशित समाचारमाहरुको कमेन्टमा पनि फेसबुकको इमेल आईडीको बारेमा सकारात्मक टिप्पणी देखिदैन । अधिकांशले यो आवश्यक नभएको, प्रयोगकर्ता माथिको विश्वासघात गरेको, फेसबुकप्रतिको मोह, विश्वास घट्दै गएको लगायतका प्रतिक्रियाहरु दिएका छन् ।


तर फेसबुकले भने प्रयोगकर्ताहरुको इमेल आईडीमा एकरुपता ल्याउनका लागि यस्तो गरिएको बताएको छ । 

आफ्नो आईडीमा आएका इमेल कसरी हेर्ने ??
हाल प्रयोगमा रहेको फेसबुकको म्योसेज बक्स नै इमेल इनवक्सका रुपमा प्रयोग हुने अर्थात तपाई हाम्रो फेसबुक आईडीमा पठाईएका इमेलहरु सिधै फेसबुकको म्यासेज बक्समा आएर बस्नेछन ।

प्रोफाईलमा पुरानै इमेल आईडी वा फेसबुक भन्दा बाहेकको इमेल आईडी देखिन मिल्ने बनाउने तरिका 
यदि फेसबुकले राखिदिएको फेसबुक आईडी हटाएर पुरानै वा नयाँ इमेल आईडी आफ्नो प्रोफाइल पेजमा देख्न मिल्ने गरि राख्ने हो भने तल उल्लेखित स्टेपहरु फलो गर्दै जानुपर्छ ।
  1. Click "Update Info" on your timeline and scroll down to 'Contact info'. Click "Edit" to change them.
  2. Click on the circle next to your Facebook email address and change its setting to "Hidden From Timeline".
  3. Click on the circle next to your other email addresses and change their settings to "Shown On Timeline".
  4. Click on the add/remove email address to add new email Id.
  5. Click the Save button at the bottom of the Edit popup (Don't forget this step)

1 comment:

  1. सुचनामुलक जानकारीको लागी लेखकलाई मुरी मुरी धन्यवाद !

    ReplyDelete

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates