Wednesday, June 20, 2012

यूरोकप क्वाटर फाईनल चरणमा (तालिकासहित)


युक्रेन र पोल्याण्डमा चलिरहेको युरोकप २०१२ मा समूह चरणका खेलहरु गएराति देखि सकिएका छन् ।  समूह चरण समाप्तिसँगै क्वाटर फाईनल खेल्ने आठवटा देशको टुंगो लागेको छ । क्वाटर फाइनलका खेलहरु भोलिदेखि शुरु हुनेछन् । 
Quarter Final Fixture (Nepali Time)
Czech Republic  vs Portugal  [June 22, 0.30 am]
Germany vs Greece [June 23, 0.30 am]
Spain vs France [June 24, 0.30 am]
England vs Italy [June 25, 0.30 am]
Source: UEFA.com

समूह चरणमा केहि अप्रत्यासित नतिजा निस्किए । २ बर्ष अगाडिको विश्वकप  उप विजेता नेदरल्याण्ड कुनै पनि खेल  जित्न सकेन । जर्मनी, पोर्चुगल र डेनमार्कसँग खेलेको नेदरल्याण्डले तीनवटै खेल हार्यो । रसियाले पहिलो खेलमा चेक गणतन्त्रलाई ४-१ ले हराएपछि अन्तिम खेलमा ग्रीससँग हारेपछि अप्रत्यासित रुपमा पहिलो चरणबाट आउट भयो । क्रोएशिया र डेनमार्कले पनि आ आफ्नो समूहका बलिया प्रतिद्धन्दीलाई कडा टक्कर दिए । जर्मनीले मात्र आफ्नो समूहका तीनवटा खेल जितेर १०० % नतिजा आफ्नो पक्षमा पार्यो  । 

पहिलो चरणमा भएका २४ वटा खेलमा ६० गोल सम्भव भए भने ६० वटा पहेँलो कार्ड र ३ वटा रातो कार्ड देखाईए । जर्मनीका , रसियाका र क्रोएशियाका ले समान ३ गोल गर्दै गोल गर्ने खेलाडीको शीर्ष स्थानमा छन् ।

No comments:

Post a Comment

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates