Saturday, June 16, 2012

१४ देश यूरोकप २०१२ को क्वाटर फाईनलका लागि प्रतिस्पर्धा गर्दै


युक्रेन र पोल्याण्डमा भईरहेको यूरोकप २०१२ मा सहभागि १६ वटा देशले समूह चरणका ३ मध्ये २ खेल खेलिसकेका छन् । जसमध्ये स्वीडेन र आयरल्याण्डको क्वाटर फाईनल यात्रामा पूर्ण विराम लागेको छ भने बाँकी १४ वटा टोली क्वाटरफाईनलका लागि कडा प्रतिस्पर्धा गरिरहेका छन् । फुटवलका बलिया हस्ती र प्रतियोगिताका दावेदार मानिएका नेदरल्याण्ड, इटली, फ्रान्स, इंगल्याण्ड, पोर्चुगल, जर्मनी सबैले क्वाटर फाईनलमा पुग्नका लागि समूह चरणका अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्नु पर्नेछ ।


पहिलो चरणमा केहि नसोचिएका नतिजा पनि निस्केका छन् । विश्वकप उपविजेता नेदरल्याण्डले डेनमार्कसँग १, ० र जर्मनीसँग २ १ खेल हार्यो र पहिलो चरणबाट घर फर्किने सम्भावना बढेको छ । त्यसैगरी इटली क्रोएशियासँग बराबरीमा रोकिएपछि इटलीका लागि पनि अघिल्लो चरणमा प्रवेश गर्न सजिलो बाटो बन्द भएको छ । दुई खेल जितेको जर्मनी पनि ढुक्क हुन सकेको छैन । अहिलेसम्म सम्पन्न भएका १६ खेलमा ४१ गोल भएका छन् । 
समूह चरणका अन्तिम खेलहरु आजदेखि शुरु हुदैछन् । दुबै खेलहरु नेपाली समय अनुसार मध्यरात १२:३० शुरु हुनेछन् । 

समूह ए अन्तर्गत आज रसिया र ग्रीस तथा पोल्याण्ड र चेक रिपव्लिकबीच खेल हुनेछन् । यो समूहबाट चार वटै देशको अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो छ । रसियाको ४, चेक रिपव्लिकको ३, पोल्याण्डको २ र ग्रीसको १ अंक छ । रसियालाई ग्रीसँगको बराबरी अघिल्लो चरणमा पुग्नका लागि काफी हुनेछ भने ग्रीस, चेक र पोल्याण्डलाई आफ्ना खेल जित्नै पर्ने दवावमा हुनेछन् ।

2 comments:

  1. Score table ko File chain 2003 format ma bhaye sabaile use garna paauthe holan ni hajur...

    ReplyDelete
    Replies
    1. Aaba quater final ko chai tei format ma rakhnu parla

      Delete

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates