Thursday, November 08, 2012

रेडियो महात्म्य !

केहि महिना अघि मोवाइलको डिस्प्लेमा नो नम्बर देखिदै घण्टी बज्यो । विदेशबाट कसैले गरेको हुनुपर्छ भन्ने लाग्यो । नभन्दै इजरायलबाट एउटा पुरानो साथीको फोन रैछ । फोन नम्बर खोज्न दुःख भएको गुनासोसहित मेरो हालखबर सोध्यो र आफने पनि बतायो । क्याम्पस पढ्दाको हाम्रो चिनाजानी भएपनि उ लामो समयदेखि कामको सिलसिलामा विदेशमा छ र हाम्रो कुराकानी झण्डै १० बर्षपछि हुदै थियो । आराम कुशलको छोटो भलाकुसारी पछि उसले कुरा गर्न लागेको विषयको गुह्य खोल्यो । “साथीहरुले एउटा एफएममा लगानी गरौं भन्दैछन्, तपाई यहि क्षेत्रमा काम गर्ने भएकोले एकपल्ट सल्लाह गर्नुपर्यो भनेर फोन गेरको” उसले एकैलाइनमा आफ्ना कुरा राख्यो । उसलाई पूर्वाञ्चलको नाम चलेकै शहरमा नयाँ एफएममा झण्डै १०–११ लाख जति लगानी गर्नु पर्यो भनेर प्रस्ताव ग’को रैछ । नजिकको साथी भएकाले मैले एफएम सञ्चालन र यसबाट पाइने प्रतिफलको अहिलेको वास्तविकता ढाट्न सकिन । फूलबुट्टा नभरि मैले पनि एकै लाईनमा जवाफ फर्काए “विदेशमा पसिना बगाएर कमाको पैसा धेर भएको हो भने लगानी गर्नुस हैन भने १० लाख लगानीको प्रतिफल १० बर्षमा पनि पाउन मुश्किल छ” यसपछि रेडियो खोल्न के गर्नुपर्छ, कति लाग्छ, कमाइ कति हुन्छ एफएमसँग सम्वन्धित आर्थिक, प्राविधिक लगायतका कुरा बुझेपछि उ लगानी नगर्ने निर्णयमा पुग्यो । मैले कुराकानीको अन्त्यमा १–२ लाखसम्म हो भने फालिदिए हुन्छ, समाजमा मेरो पनि रेडियो छ नि भनेर गफ दिन पाईन्छ, नाफा भनेको त्यस्तै हो भनेपछि उसले त्यो पनि नगर्ने भन्दै फोन राख्यो ।
माथिका कुराकानी, हाल नेपालमा एफ.एम. सञ्चालन प्रति मध्यम बर्गिय नेपालीको चासो बढ्दै गएको एक गतिलो उदाहरण हो । तर यसो भन्दैमा रेडियोमा लगानी गरिहाल्न उचित छ त ?

Wednesday, October 10, 2012

दुवई र ड्रेस

दोहाबाट दुवईका उडान समय १ घण्टा भनिए पनि हामी लगभग ४६ मिनेटमै दुवई ल्याण्ड भयौ । दोहा जादा दुवई एयरपोर्टमा पाएको सास्ती सम्झदा हामीलाई दुवई इमिग्रेसनले सजिलेसँग प्रवेश देला भन्ने लागेको थिएन । किन आको, कहाँ बस्ने, होटल बुकिंग छ कि छैन, पैसा छ कि छैन लगायत १२, २७ कुरा सोधेर झन्टट देलान भन्ने थियो तर त्यसको ठिक उल्टो एक शब्द पनि नबोलि पासपोर्टमा छाप हानिदए ।   

एयरपोर्टबाट होटलको दुरी ४, ५ कि.मी मात्र टाढा रैछ र हामी होटल पुग्दा दिनको साढे १२ जति बजेको थियो । हामीले दुवईको देरा भन्ने ठाँउमा होटल बुक गरेका थियौं । होटलमा भारी विसाएर वरिपरि नियाल्दा यस्तो लाग्थ्यो हामी काठमाण्डौं सुन्धाराको कुनै होटलमा छौं । अर्थात देरा हामीलाई हाम्रै सुन्धारा लाग्यो । साथीभाईहरुले कहाँ बस्नु भएको छ भनेर सोध्दा हाम्रो पहिलो जवाफ सुन्धारामा भन्ने हुन्थ्यो, त्यसपछि मात्र दैरा ।

Friday, October 05, 2012

अनि दशै आउछ ...

उमेरले उकालो चढ्दै गएपछि बितेका कुरा सम्झदामात्र पनि मन रोमान्चित हुने रै'छ । त्यसमाथि सानो छदाँ गरेको उपद्रो, चाडपर्व मनाउदाको छाप त जहिले पनि मनमा ताजै, उस्तै । चाडपर्व मध्ये पनि दशैमा गरिने रमाईलो, उटपट्यांग त झनै रमाईलो ।

मोरंगको सुन्दरपुर र काठमाण्डौंमा पछिल्लो समयमा मनाएका दशै खासै यादगार नभएपनि पहाड (भूल्के भोजपुर) मा मनाएका दशैहरु स्मृतिमा ताजै छन् । दशै आउनुभन्दा १०, १५ दिन अगाडि घर नजिकैको बाटो सरसफाई गरेपछि दशै आउन लागेछ भन्ने थाहा हुन्थ्यो । बाटा वरिपरिको झार, भत्केको ठाँउमा मर्मत गर्नलाई टोल, वडा, गाऊ पूरै जुट्थ्यो । एक, दुई दिन अगाडि नै थाहा हुन्थ्यो बाटो सरसफाई हुने दिन । सानै भएपनि म पनि कुटो, कोदालो बोकेर २, ४ वटा दशैको बाटो सरसफाईमा समावेश भए । घर पोत्नका कमेरो वा रातोमाटोको प्रयोग हुन्थ्यो । त्यो माटो, कमेरोलाई खडकुलामा हालेर घोलिथ्यो र घर रंगाईन्थ्यो । कमेरो, रातो माटो लिन कम्तिमा पनि एकाध घण्टा हिड्नु पथ्र्यो ।

Wednesday, October 03, 2012

यस पटकको ICC World T20 को उपाधी कस्ले जित्ला ?

अपडेट १
ICC World T20 को उपाधि वेस्टईन्डिजले जितेको छ । फाईनलमा आयोजक श्रीलंकालाई हराउदै वेस्टईन्डिजले उपाधि जितेको हो । 

अपडेट
श्रीलंका र वेस्टइन्डिज ICC World T20 को फाइनलमा पुगेका छन् । श्रीलंकाले पाकिस्तान र वेस्टइन्डिजले अष्ट्रेलियालाई हराउदै फाइनल खेल्ने पक्का भएको हो । फाईनल खेल आईतबार हुनेछ । तपाईलाई चाहि यस पटकको ICC World T20 को उपाधी कस्ले जित्छ जस्तो लाग्छ, कृपया भोट गर्नुहोला ।
  
Posted on Oct 3, 2012
श्रीलंकामा जारी ICC World T20 को सेमिफाईनल समिकरण पूरा भएको छ । पाकिस्तान, अष्ट्रेलिया, वेस्टइन्जिड र आयोजक श्रीलंका सेमिफाईनमा पुगेका छन् । 

सेमिफाईनल तालिका
श्रीलंका vs पाकिस्तान : बिहिबार, अक्टुबर ४
अष्ट्रेलिया vs वेस्टइन्डिज : शुक्रबार, अक्टुबर ५

दुबै खेल नेपाली समय अनुसार साँझको ७.१५ मा शुरु हुनेछन् । फाईनल खेल आईतबार हुनेछ ।

Saturday, September 29, 2012

ट्वीटर र फेसबुकमा चोरको विगविगी


चोर भन्ने वित्तिकै रातविरात घरमा पसेर पैसा, गहना चोर्ने व्यक्तिको आकृति आउछ । तर आजकाल चोरको परिभाषा फेरिएछ । पछिल्लो एक बर्ष सामाजिक मिडिया र अनलाईनमा नजिकै रहेर काम गर्दा धेरै पटक नयाँ चोरहरुको फेला परियो । नयाँ चोर, जसको काम समाचार, फेसबुक स्टाटस, ट्वीटस, रेडियो कार्यक्रम, भिडियो चोरेर आफ्नो वेव साईट, ट्वीटर, फेसबुक, युट्युवमा आफुले सिर्जना गरेजस्तै गरी कपी पेस्ट गर्नु हो ।

हिजो अर्थात (September 28, 2012 Friday) कै कुरा गरौं, सीता एयरको विमान दुर्घटना भएपछि त्यसको जानकारी दिन फेसबुक, ट्वीटरमा धेरैजनाले स्टाटस लेख्नु भयो, ट्वीटस गर्नु भयो, फोटोहरु राख्नुभयो । तर केहि बेरमा ती स्टाटस, ट्वीटस्, फोटोहरु आफैले लेखे जस्तै, आफैले खिचेजस्तै गरी संसारभर पुगे । फोटो खिच्ने, सिर्जना गर्ने त कता विलिन भए भए । 

मेरो व्लगको पेजमा मैले लेखेको फेसबुक स्टाटस, केहि समयपछि अर्को साथीबाट मेरो टाईमलाईनमा आयो ।
मैले मेरो व्गलको फेसबुक पेजमा लेखेको स्टाटस
अब आफै तुलना गर्नुहोस, अन्तिमको ४ शब्द काट्ने बाहेक माथिको र तलकोमा कुनै, केहि फरक छ त ?

Wednesday, September 26, 2012

कतारको "मिनी नेपाल"


अर्काको देशमा पाईला राख्ने बित्तिकै दिनै जसो बोल्दै आएको भाषा विरानो बन्न थाल्छ । दिनदिनै खादै आएको स्वादे जिब्रो बेस्वादिलो हुन थाल्छ । वरिपरिको वातावरण र रहनसहन पराई लाग्न थाल्छन् । आक्कल झुक्कल हुने विदेश यात्रामा मलाई सबैभन्दा बढी बिझ्ने कुरा यिनै र यस्तै हुन । तर यसपटकको कतार यात्रा अरु यात्रा भन्दा विल्कुलै भिन्न भयो । आफ्नै भाषामा कुराकानी गर्ने दाजुभाई प्रसस्तै भेटिए, आफ्नै देश र स्वादका खानेकुराले पेट भरियो र आफ्नै परिवेशमा हिडेको, डुलेको महशुष भयो । 

दुवई एयरपोर्टको ट्रान्जिटमा दोहाका लागि बिमान कुर्दा भोकले असाध्यै गलाएको थियो । मध्यरात भएकोले ड्युटी फ्रिका केहि पसल मात्र खुल्ला थिए । अलि कुनामा रहेको म्याकडोनाल्डमा भिड थियो । हामी चारै जनाका आँखा पसलको भित्तामा टासेका म्याकडोनाल्डका बिभिन्न परिकारमा गएर गढेका थिए । एक आपसमा के खाने भनेर नेपालीमा कुरा मात्र के गरेका थियौं, अर्डर लिन तम्तयार दाई÷भाईले “ए नेपाली पो हुनुहुदो रैछ” भने । त्यसपछि त के चाहियो, नेपालीमा बात मार्दै नेपाली जिब्रोलाई स्वादिलो लाग्ने स्पाईसी बर्गर खान उनले सुझाए । भोकले जे भेटेपनि खाउ भएका हाम्रा लागि उनको सल्लाहलाई नकार्ने कुरै भएन । 

Sunday, September 23, 2012

खाडी यात्राका केहि तिता क्षण

“दुःख पाईस मंगले आफ्नै ढंगले” उखान यसपल्ट आफैलाई लागू भयो । दुःख भनेर उत्पात, आकाशै खसेर थिचे जस्तो दुःख हैन, तर पनि थाहा पाउदै पाउदै, जान्दाजान्दै आफ्नै वरीपरिकाबाट दुःखी हुन पर्यो । जसको सिलसिला काठमाण्डौंको एयरपोर्टबाटै शुरु हुन्छ । 

कम पैसामा उडाउने भएपछि फ्लाई दुवई (Fly Dubai) आजकाल कतार र युएई जाने धेरै नेपालीको पहिलो प्राथमिकतामा पर्छ । हाम्रो पनि काठमाण्डौं-कतार-दुवई-काठमाण्डौंको टिकट फ्लाई दुवईकै थियो । बजेट एयरलाईन्स भएकोले विमानमा पानी लगायत सबै खानेकुरा किनेर खानुपर्छ । अझ लगेजको पनि छुट्टै पैसा तिर्नु पर्ने । टिकट किन्दा पैसा थप्यो भने एक जनाले २० केजी वा पैसा अनुसार बढी तौलको लगेज लान पाउछ । हामी ४ जना भएकोले २ वटा टिकटमा मात्र प्रति टिकट २० किलो लगेजको पैसा तिरेका थियौं, ४ जनाको ४० किलो भन्दा बढी हुदैन होला भन्ने हिसाबले । तर एकमित्र एक्लै ३७ किलोको सुटकेश बोकेर टुपुल्किए । उनको ३७ किलोको व्यवहार मिलाउन हामीलाई कम्तिमा डेढ घण्टा लाग्यो, त्यो पनि एकजनाले आफ्नो सुटकेशलाई हेण्डक्यारी बनाएपछि मात्रै । ३७ किलोलाई २० किलोमा झार्न अरु ३ वटा अरु सुटकेश र व्यागहरु खोतल खातल पार्नु पर्यो । आफ्नो सुटकेश ह्याण्डक्यारी गर्नुपर्ने भएपछि साथीले देखाएको रिस हेर्न लायकको थियो । 

Saturday, September 15, 2012

"परदेशी कान्छा"को परदेश कथा


सेप्टेम्बर १४, २०१२, शुक्रबार । दिनको २ बजिसकेको छ । ४० डिग्री तामक्रमको पारो विस्तारै घट्ने क्रममा छ । कतारको दोहास्थित तरबार चोक वरिपरि रहेको चौर र पीपलबोटमा मेचिदेखि महाकालीबाट काम गर्न कतारको दोहा आएका नेपालीहरुको चहलपहल विस्तारै बढ्दैछ । तातो घामबाट बच्न कोहि पर्खालको आडमा, कोहि रुखको छहारीमा बसेका छन । ४, ५ जना देखि २०, ३० जनाको समूह समूहमा बसेकाहरु गफिदै, आफुले ल्याएको पानी, जुस, कोक, खानेकुरा खादै छन् । मोवाईलको एयरफोन कानमा घुसाएर टोलाउदै एक्लै बस्नेहरको संख्या कम छैन । समूहको नजिकै पुग्दा आउन लागेका दशै तिहारका कुरा सुनिन्छन, ती चाडबाडमा घर जान ठिक्क परेकाहरुको अनुहारमा आएको चमक देखिन्छ । मोवाईलबाट बाहिरै सुनिनेगरि नेपाली दोहोरी गीत बजिरहेका छन । गाउघरको कुनै पनि हाट बजार भन्दा कम छैन माहौल । समूहमा थपिने, घट्ने क्रम चलिरहेको छ ।

खोज्दै जादा यो हुलमा भनेजति तलब नपाएर, तातो खप्न नसकेर वा अन्य विभिन्न कारणले अहिले नै घर फर्किन पाए नि हुन्थ्यो भन्नेहरु धेरै भेटिन्छन । अलि सजिलो र घरभित्र काम गर्नेहरु चाहि यतै राम्रो भएको, थोरै थोरै पैसा पनि कमाएको,  दाई, भाई, काका, ज्वाई, साला, जेठानलाई कतारतिरै कामका लागि बोलाउन तयारी गर्दै गरेकाहरु पनि प्रशस्तै भेटिन्छन् । र यसै हुलमा भेटिएका सोलुखुम्बु जुभूका तुलाराज राई “परदेशी कान्छा”को कथा चाहि यस्तो छ । 

Friday, August 31, 2012

अपडेट नहुने ट्वीटर एकाउण्टहरु


ट्वीटरमा कसैलाई फलो गर्नु वा पछ्याउनु भनेको उसको ट्वीटहरु पढ्नका लागि हो । त्यसमा पनि ठूला मिडिया हाउस, देश हाँक्ने व्यक्तित्व, चर्चित अभिनेताका ट्वीटर एकाउण्टलाई फलो नगर्नेमा कम मात्रै पर्छौ । ट्वीटर चलाउदै जाँदा केहि यस्ता नेपाली ट्वीटर एकाउण्ट पनि भेटिए, जसको फलोअर हजारौंको संख्यामा छन् तर समन्धित एकाउण्ट लामो समयदेखि निश्क्रिय छन् र त्यस्ता एकाउण्टहरु मध्ये केहि फेक पनि छन् । तर जे भएपनि फलोवर थपिने क्रमचाहि रोकिएको छ्रैन । कुनै दिन झर्ला खाउला भनेर फलो गरेको हो भने अर्कै कुरा, नत्र त्यस्ता एकाण्उटलाई फलो गर्नुको कुनै अर्थ छैन । उदाहरणका लागि जस्तै, 

अस्ति मात्र सम्बोधनमा फेसबुकबाट सचेत गराउनेलाई धन्यवाद भन्न भ्याएका प्रधानमन्त्रीको ट्वीटर एकाउण्ट लामो समयदेखि अपडेट छैन । प्रधानमन्त्री भट्टराईको भनिएको एकाउण्ट पनि नक्कली हो भन्ने अनुमान छ । 

Sunday, August 19, 2012

नाइटबसमा चक्रपथ परिक्रमा (kmcnightbus ridding)

इटहरी-काठमाण्डौं-इटहरी गर्दा धेरै पल्ट रात्री बसको चढेको भएपनि काठमाण्डौंका भित्री सडक र चक्रपथमा रात्री बस सञ्चालन हुन थालेपछि एक पल्टमा त्यसमा बसेर चक्रपथ घुम्न पर्ला भन्ने सोचिरहेको थिए ।  हिजो (शनिबार) विहान ट्वीटरको टाईमलाईनमा केहि साथीहरुले नाईटवस चढेर चक्रपथ घुम्ने योजना बनाउनु भएको थाहा पाएपछि म पनि त्यहि समूहमा सामेल भएर २७.३८ कि.मि. लामो चक्रपथको एक चक्कर मारे । 
Photo: Salokya
कोटेश्वरबाट सातदोवाटो, कलंकी हुदै छुट्ने पहिलो बसमा यात्रा गर्ने योजना बमोजिम म बस चढ्न एकान्तकुना पुग्दा साँझको ८ बजेको थियो । रिंगरोडमा केहि माईक्रोबस, मिनीबसहरु चल्दै थिए र ती साधनमा यात्रु भरिभराउ नै थिए । लामो दुरीका रात्री बसमा पनि झिलीमिली बत्ति बाल्दै कलंकीतिर हुईकिरहेका थिए । फोटोमा बाहेक भर्खर सञ्चालनमा आएको रात्री बस नदेखेकोले बस नचिनिने हो कि भन्ने अलि अलि चिन्ता पनि लागिरहेको थियो । फेरि भनेको बेला जिपिआरएस नचल्ने भएकोले कोटेश्वर, सातदोवाटोबाट साथीहरु चढे चढेनन भन्ने पनि थाहा भएन । आँखा एकतमासले सातदोवाटोतिरबाट आउने बसहरुमै गढेका थिए । लगभग ८ बजेर २२ मिनेट जति गएको हुनुपर्छ,  रंगीचंगी, झिलीमिली भएको एउटा बस आयो । नजिकै आएपछि थाहा भईहाल्यो महानगरपालिकाले चलाएको रात्री बस यहि हो भनेर । ३,४ जना यात्रु ओर्ले । जसमध्ये १ जनाले चाहि राम्रै मापसे गरेका रहेछन् । खुट्टा लरवउदै थिए, सडक छेउको खाल्डोमा जमेको पानीमा ढलिहाले । 

Sunday, August 05, 2012

बाल्यकालको सम्झना (When we were little kid)


अहो, त्यो बाल्यकाल, स्कुले दिनहरु । मागेको कुरा पाईने र पुग्ने हो भने म त मेरो बाल्यकाल माग्थे, १० कक्षासम्म विताएका दिनहरु माग्थे । म मात्र होईन, धेरैजसोले यहि माग्थे होलान् । अनि समयलाई रिवाइन्ड गरेर टक्क रोक्न मिल्ने भए, म त १० कक्षापछिको जिन्दगी, भोगाईलाई टक्क रोक्थे र त्यहाँ भन्दा एक वित्ता पनि टसमस गर्दिनथे । 

केहि दिन अगाडि  क्रिशोलप्रभातले गरेका गाउघर, बाल्यकालका कुरा र आज साथीहरुले बाल्यकालका बारेमा गरका ट्वीटसले मलाई पनि मेरो स्वर्ण बाल्यकालको बारेमा लेख्न मन लाग्यो । लगभग १६ बर्षपछि आज मलाई पनि आफु जन्मिएको र हुर्किएको गाँउ (भोजपुर, भूल्के) फर्कन मन लाग्यो, जहाँ मैले आफ्नो जीवनको महत्वपूर्ण र कहिल्यै कहिल्यै नबिर्सने समय व्यतित गरेको छु ।

बर्षभरि खान पुग्ने धान आफ्नो खेतमा नफलेपनि मलाई सधै चामलकै भात चाहिन्थ्यो । कान्छो छोराको जिद्दीका अगाडि आमा, बुबको के नै पो चल्थ्यो र मेरो हरेक छाकमा सेतो भात हुन्थ्यो । कान्छो छोरो हुनुको खुब फाईदा उठाए मैले यस्तै यस्तै अरुका कुरामा पनि जिद्दी गरेर । मकै गोड्न, कोदो रोप्दा बारी खन्न अल्छि मान्ने भएकोले त्यस्तो बेलामा मेरो भागमा भान्सा पथ्र्यो । तर भाँडा चाहि माज्न पर्दैनथ्यो । रोपाई भएको दिनचाहि दिक्क लाग्दो हुन्थ्यो, खेताला समेतलाई खाना खाजा बनाउनु पर्ने । गहँको रोटी बेल्न र आलुको तरकारी पकाउनमा राम्रो थिए रे । कोहि सघाउने भएनन भने त तोरीका फुल देखिन्थ्यो खेताला भएको दिन । यी बाहेक दिनमा एक डोको घाँस त ठेक्का नै थियो, जसरी नि काट्नै पर्ने । अनि भैसी, बाख्राका लागि सोत्तर काट्न पनि हप्तामा दुई तीन दिन जानु पथ्र्यौ । अनि १० बजेदेखि ५ बजेसम्मको स्कूल त छदै थियो ।

Saturday, July 21, 2012

१ लाख अमेरिकी डलरका कुरा

नेपाली फुटवलको सर्वोच्च निकाय अखिल नेपाल फुटवल संघका अध्यक्ष गणेश थापाका छोरा गौरव थापाको नाममा एएफसीको पूर्व अध्यक्ष मोहम्बद विन हमाम (हाल फिफाबाट भष्ट्रचारको अभियोगमा निलम्वित) ले एक लाख अमेरिकी डलर जम्मा गरेको भन्ने खबरले आज नेपाली सञ्चार जगत एकाएक तात्यो । 

विन हमामको भष्ट्रचार अभियोगमा छानविन गर्दा उनले एएफसीको खाताबाट गौरव थापालाई १ लाख अमेरिकी डलर दिएको खुलासा भएको हो । एफीले लेखेको समाचारमा विन हमामले कस कसलाई कति रकम दिए भन्ने फेरिहस्त छ । यो समाचारका बारेमा गणेश थापाले केहि टिभी च्यानलसँग हमामसँगको निकटताले व्यक्तिगत प्रयोजनका लागि ऋण लिएको र सो तिरिसकेको भनेर स्पष्टिकरण दिईसकेका छन् ।

Friday, July 13, 2012

Grab What You Can

By Gopal Guragain
On the day that the Maoists launched their "people's war" on 15 February 1996, they attacked the Small Farmer's Development Project in Gorkha. This was no coincidence, it was part of a systematic strategy to eliminate all personalities and organisations that had public respect and credibility and take Nepal to Year Zero.

The Small Farmer's Development Project was the institution that Nepal's subsistence farmers trusted and relied on the most. Farmers had access to micro-credit and an alternative to the clutches of rural loan sharks.

The next target of the Maoists was to remove the cooperatives, mothers' groups, and local community organisations by either killing their inspirational leaders, or hounding them out of the villages with threats and intimidation.

After that, they zeroed in on the Village Development Councils, the elected bodies that made it possible for grassroots democracy to be responsive to the people's needs. VDCs were where the people went to register births, death, get citizenship certificates, but by the end of the war, nearly all the VDCs buildings in the country had either been bombed out, or abandoned.

Monday, July 09, 2012

बन्जी अनुभव (भिडियो सहित)

जुलाई ७, २०१२, शनिबार
बिहान ५ बजेर ४० मिनेट
बोर्डरल्याण्ड रिर्सोट, सिन्धुपलाञ्चोक

आज अलि चाडै निद्राले छोड्यो, हिजो सायद चाडै सुतेकाले होला । राती पनि ३,४ पटक निद्रा खुलेको थियो । बेसकन टाउको पनि दुखि रहेको  छ । टाउको दुख्नका एक कारण आजलाई बुक गरेको बन्जी जम्पिंग पनि होला भन्ने लागिरहेको छ । (अफिसको कामले बोर्डरल्याण्ड आएको आज तेश्रो दिन हो र आजै दिउसो काठमाण्डौं फर्कने कार्यक्रम छ ।)
बोर्डरल्याण्डबाट द लास्ट रिर्सोट, जहाँ १६० मिटर अग्लो झोलुंगे पुलबाट भोटेकोशीमा बन्जी गर्न पाईन्छ, साढे दुई किमीको दुरीमा छ । हिजो दिउसो त्यता घुम्न जाँदा मैले पनि आज बिहानका लागि बन्जी गर्ने भनेर पैसा तिरेर आएको छु । अब गएन भने बन्जीका लागि तिरेको ३२ सय जान्छ, फिर्ता हुदैन । तर नजानु पर्ने कारण केहि छैन । मलाई त्यस्तो खास डरसर केहि छैन । कस्तो होला भन्ने कौतुहलता चाहि अलि बढी छ । चस्मा लाउन पाइएला नपाईएला भन्ने चिन्ता छ, माईनस ४ भएकोले चस्मा नहुँदा अलि गार्हो हुन्छ । बन्जी कति सेकेण्ड हुन्छ होला, अनि फ्रि फल, पुलबाट १६० मिटर तल खस्दा कस्तो होला भन्ने उत्सुकता र अलिअलि डर छ । 

Monday, July 02, 2012

स्पेनले जित्यो यूरोकप २०१२ (Spain won Eurocup 2012)

यूरोकप २०१२ को उपाधि स्पेनले जितेको छ । युक्रेनको राजधानी किभमा भएको फाईनलमा इटालीलाई ४-० ले हराउदै स्पेन तेश्रो पल्ट यूरो च्याम्पियन बन्यो । स्पेनका लागि पहिलो हाफमा डेभिड सिल्भा र जोर्डि अल्बाले १-१ गोल गरे । दोश्रो हाफमा सव्सिच्युयटमा आएका फर्नान्डो टोरेस र जुवान माटाले खेलको अन्त्यतिर १-१ गोल गरे । स्पेनले १९६४ मा तत्कालिन सोभियत संघ र २००८ मा जर्मनीलाई हराएर यूरोकप जितेको थियो ।


Sunday, July 01, 2012

यूरोकप २०१२ कस्ले जित्ला ? भोट गर्नुहोस !

यूरोकप फुटवल २०१२ अन्तर्गत आज मध्यरातमा स्पेन र इटालीबीच फाईनल खेल हुदैछ । यूरोपका दुई शक्तिशाली फुटवल महारथी देशबीच हुन लागेको फाईनल कसले जित्छ भन्न गार्है छ । के स्पेनले लगातार यूरोकप जित्दै इतिहास बनाउला वा इटालीले घरेलु फुटवलमा म्याच फिक्सिंगका कारण बिग्रदै गएको छवि सुधार्ला ? तपाई चाहि यसपल्टको यूरोकप कस्ले जितोस भन्ने चाहानु हुन्छ ? स्पेन वा इटाली । कृपया भोट गर्नुहोला ।

Friday, June 29, 2012

तथ्यांकमा यूरोकप २०१२ (Stats of Eurocup 2012)


यूक्रेन र पोल्याण्डमा जारी यूरोकप २०१२ मा अब फाईनल खेल मात्र बाँकी छ । फाईनलमा स्पेन र इटाली भिड्दै छन् । समूह चरणमा १-१ को बराबरी खेलेका स्पेन र इटालीबीच हुने फाईनलमा कसले बाजी मार्ने हो, सो का लागि आईतबार मध्यरातसम्म कुर्नुको विकल्प छैन ।  

Eurocup 2012 Final : Spain vs Italy (0.30 am, July 2, 2012, NST)


यूरोकप २०१२ मा सेमिफाईनल खेलहरु सकिदाँसम्मका केहि तथ्यांकहरु

Wednesday, June 27, 2012

पत्तै नपाई इमेल आईडी ....@फेसबुक.कम


Source: Facebook.com

सानो सानो अपडेट गर्दा पनि अग्रिम जानकारी गराउने फेसबुकले आफ्नो झण्डै १ अर्व प्रयोगकर्तालाई सोमबार बिहान खुसुक्क नयाँ इमेल username@facebook.com बनाईदियो । नयाँ बनेको फेसबुक इमेल आईडीले तपाई हाम्रो Contact Info मा राखिएको जीमेल, याहु, हटमेल आदि इमेल आइडीलाई विना जानकारी प्रतिस्थापन (Replace) गरिदियो । कसैले तपाई हाम्रो प्रोफाईल हेरेको खण्डमा इमेल लेखेको ठाँउमा डिफल्टमै फेसबुकको नयाँ आईडी डिस्प्ले हुने गरि सेटिंग भयो । फेसबुकले केहि समयपहिलेदेखि ‘@facebook.com मा इमेल सेवा ऐच्छिक रुपमा उपलब्ध गराउदै आएको थियो । तर सोमबारदेखि भने फेसबुक प्रयोगकर्ताहरुले नचाहेपनि, प्रयोग नगरेपनि फेसबुकको नयाँ ईमेल आईडी पाएका छन् ।  

Tuesday, June 26, 2012

गाडी चढ्ने कि तान्ने (फोटो)

बर्षा लागिसक्यो । मानो खाएर मुरी उब्जाउने बेला । समयमा पानी परिदिएन भने धेरैलाई बर्षभरि के खाने भनेर पिरोल्छ । तर यहि बर्षा नेपाली गाँउघर जोड्ने धुले बाटाहरुका लागि चाहि अभिषाप बन्छ । यो बेलामा गाउघरको यात्रा गर्ने हो भने हिलो बाटोमा गाडी फसेको, फसेको गाडी तान्ने तथा ठेल्ने दृश्यहरु प्रशस्तै देख्न तथा अनुभव गर्न पाईन्छ । केहि दिन पहिले रामेछाप यात्रा गर्दा साथी खेमराज श्रेष्ठ चढेको गाडी फस्यो   सोहि क्रममा उहाँले खिच्नु भएका दुई तस्बिर ।

Saturday, June 23, 2012

ACC U-19 Asiacup : नेपाल र पाकिस्तानबीच खेलका फोटाहरु

नेपालले ACC U-19 Asia Cup को पहिलो खेलमा पाकिस्तानको हातबाट ८ विकेटका पराजय भोगेको छ । मलेशियामा आजदेखि शुरु भएको खेलमा नेपालले टस हारेर पहिले व्याटिंग गर्ने निम्ता पायो र ४६ ओभर १ बल खेल्दै १५६ रनमा अलआउट भयो । जितको लागि १५७ रन बनाउन मैदानमा आएको पाकिस्तानले ३७ ओभर ३ बलमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो । पाकिस्तानको लागि सामी अस्लमले ८२ रन बनाए । नेपालले अर्को खेल मलेशियासँग भोलि र भारतसँग आउदो मंगलबार खेल्ने छ । 

सोहि खेलको केहि फोटाहरु

Wednesday, June 20, 2012

यूरोकप क्वाटर फाईनल चरणमा (तालिकासहित)


युक्रेन र पोल्याण्डमा चलिरहेको युरोकप २०१२ मा समूह चरणका खेलहरु गएराति देखि सकिएका छन् ।  समूह चरण समाप्तिसँगै क्वाटर फाईनल खेल्ने आठवटा देशको टुंगो लागेको छ । क्वाटर फाइनलका खेलहरु भोलिदेखि शुरु हुनेछन् । 
Quarter Final Fixture (Nepali Time)
Czech Republic  vs Portugal  [June 22, 0.30 am]
Germany vs Greece [June 23, 0.30 am]
Spain vs France [June 24, 0.30 am]
England vs Italy [June 25, 0.30 am]
Source: UEFA.com

Tuesday, June 19, 2012

ACC U-19 ASIA CUP [नेपालले भारत र पाकस्तिानसँग खेल्ने]


आउदो जुन २३ तारिखदेखि मलेशियामा आयोजना हुने एसीसी अण्डर नाईन्टिन एशिया कप क्रिकेटमा नेपालले टेस्ट मान्यता प्राप्त भारत र पाकिस्तानसँग खेल्दैछ । 

Source: Asian Cricket Council Website

समूह ए मा रहेको नेपालले पहिलो खेल जुन २३ तारिख शनिबारका दिन पाकिस्तानसँग र दोश्रो खेल जुन २४ आईतबार आयोजक मलेशियासँग खेल्नेछ । त्यसैगरी लिग चरणको अन्तिम खेलमा नेपालले जुन २६, मंगलबार भारतको सामना गर्नेछ । 

Sunday, June 17, 2012

यूरोकप २०१२ का केहि रमाईला तस्बिरहरु


यूरोकपमा हामीले पत्रपत्रिका तथा टिभीमा खेल बाहेका अन्य तस्बिरहरु कम देख्न पाउछौं । तर इन्टरनेटमा खोजि गरियो भने विभिन्न रमाईला तस्बिर फेला पर्छन । यूरोकप २०१२ को दौरान फेला परेका त्यस्तै केहि तस्विरहरु

Team Bus

Saturday, June 16, 2012

My take on Apabad


Written by: Bhavna Aadhikari

The film is both good and not-so-good. I wouldn’t like to colour it black or white. I’d say, its gray.

What’s Good?

Source: FB Page of Apabad
At the very beginning, I read “inspired by Cast Away”… so I know what to expect… but I was in for a surprise when although it is actually inspired by Cast Away in some ways, the director has made admirable efforts to not copy the scenes from Cast Away. The relation between Suyog and Nelson (Nepali film industry को Wilson भएकोले - Nelson) constantly reminded me of Tom Hanks and Wilson, but I’d still like to give credit to the director for using an earthen-pot instead of a basketball (very ethical) and then using it as a scarecrow. The surviving strategy in the jungle is very innovative and fresh. 

Camera work was good. The film scores fairly well in use of techniques. The most impressive thing that I can remember from the film was when they establish that the hero is stranded somewhere in the middle of Koshi Tappu. The suicide scene was presented very ethically with the disappearance of the hero at the passing of a truck, implying he has jumped off the bridge. 

१४ देश यूरोकप २०१२ को क्वाटर फाईनलका लागि प्रतिस्पर्धा गर्दै


युक्रेन र पोल्याण्डमा भईरहेको यूरोकप २०१२ मा सहभागि १६ वटा देशले समूह चरणका ३ मध्ये २ खेल खेलिसकेका छन् । जसमध्ये स्वीडेन र आयरल्याण्डको क्वाटर फाईनल यात्रामा पूर्ण विराम लागेको छ भने बाँकी १४ वटा टोली क्वाटरफाईनलका लागि कडा प्रतिस्पर्धा गरिरहेका छन् । फुटवलका बलिया हस्ती र प्रतियोगिताका दावेदार मानिएका नेदरल्याण्ड, इटली, फ्रान्स, इंगल्याण्ड, पोर्चुगल, जर्मनी सबैले क्वाटर फाईनलमा पुग्नका लागि समूह चरणका अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्नु पर्नेछ ।


पहिलो चरणमा केहि नसोचिएका नतिजा पनि निस्केका छन् । विश्वकप उपविजेता नेदरल्याण्डले डेनमार्कसँग १, ० र जर्मनीसँग २ १ खेल हार्यो र पहिलो चरणबाट घर फर्किने सम्भावना बढेको छ । त्यसैगरी इटली क्रोएशियासँग बराबरीमा रोकिएपछि इटलीका लागि पनि अघिल्लो चरणमा प्रवेश गर्न सजिलो बाटो बन्द भएको छ । दुई खेल जितेको जर्मनी पनि ढुक्क हुन सकेको छैन । अहिलेसम्म सम्पन्न भएका १६ खेलमा ४१ गोल भएका छन् । 

Friday, June 15, 2012

यूरोकपका दर्शकहरु (फोटोसहित)

तपाई हामी सबैलाई आफुले समर्थन गरेको वा आफुलाई मन परेको टोली खेल जित्दा पक्कै खुशी लाग्छ । अझ जुन देशले मैदानमा खेलिरहेको हुन्छ, त्यस देशका दर्शकका लागि त आफ्नो देशले जित्दा खुशी दोब्बर पक्कै होला । आफ्नो टोलीको जितका लागि अजव गजवको पहिरन लगाउने, बाजागाजासहित आउने, अलि फरक हुने लगायतका विभिन्न हर्कतहरु ठूला प्रतियोगितामा प्रशस्तै देख्न पाईन्छ । हाल युक्रेन र पोल्याण्डमा चलिरहेका यूरोकप २०१२ को पहिलो हप्तामा देखिएका केहि समर्थकहरुको तस्बिर ।


Tuesday, June 12, 2012

यूरोकप २०१२ मा दोश्रो चरणका खेल आजदेखि

गत शुक्रबारदेखि शुरु भएको यूरोकप २०१२ मा पहिलो चरणका खेलहरु गएरातिदेखि सकिएका छन् । सहभागि १६ वटा टिमहरुले आआफ्नो समूहमा एक एक खेल खेलिसकेका छन् । पहिलो चरण समाप्त हुदा केहि अप्रत्यासित नजिता निस्केका छन् भने प्रतियोगिताका दावेदारहरुले निराशाजनक शुरुवात गरेका छन् ।


पहिलो चरणमा खेलिएका ८ खेलमध्ये ५ वटामा जित हारको नजिता निस्क्यो भने ३ वटा खेल बराबरी भए । युक्रेनले स्वीडेन, रसियाले चेक रिपव्लिक, जर्मनीले पोर्चुगल, डेनमार्कले नेदरल्याण्ड र क्रोएसियाले आयरल्याण्ड विरुद्धको खेलहरु जिते । तर युरोकपका दावेदार टोलीहरु इटली र स्पेन, फ्रान्स र इंगल्याण्डबीचको खेल बराबरी भए । त्यसैगरी ग्रीस र पोल्याण्डबीचको खेल पनि बराबरीमा सकियो । यूरोकपको दावेदार तथा गत विश्वकपको उपविजेता नेदरल्याण्ड डेनमार्कसँग १, ० ले स्तब्ध भयो । अघिल्लो चरणमा जानका लागि अब नेदरल्याण्डले जर्मनी र पोर्चुगलसँग जितका लागि खेल्नु पर्नेछ ।
 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates