Wednesday, April 09, 2014

लेबननमा ट्याक्सी चढ्न नजान्दा...

मध्यरातको १ बज्नै लाग्दा लेबनन बेरुतको हामरास्थित मे फ्लावर होटेलको गेटमा पुर्‍याएर ट्याक्सीले ३० अमेरिकी डलर अर्थात ४५ हजार लेबनानी पाउण्ड (झण्डै ३ हजार रुपैयाँ) मागेपछि झसंग भइयो ।

ट्याक्सीले ठग्यो कि क्या हो भनेर मनमा चिसो पस्यो । रफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलबाट मुस्किलले २० मिनेटजति मात्र पार गरिएको थियो ।

३० डलर महँगो भएन र भनेर सोध्दा चालकले रातको समयको प्रचलित भाडादर भन्दा एक पैसा पनि बढी नलिएको जवाफ दियो । र बढी भाडा नलिएको प्रमाणस्वरुप आफ्नो नाम, ट्याक्सी र फोन नम्बरसहितको छाप र टिकट (हुलाक टिकट) टाँसेर हस्ताक्षर सहित बिल दियो ।

Wednesday, May 29, 2013

नेपाली क्रिकेटको लोभलाग्दो उपलब्धि

कहि मध्यरात भएको छ, कहि दिउँसै छ ।

विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत समूह चरणको अन्तिम खेलमा अमेरिका र आयोजक बर्मुडा खेल्दै छन । अमेरिकाले हार्दा नेपालको भाग्य खुल्नेवाला छ । बर्मुडाले कति ओभरभित्र अमेरिकालाई हरायो भने नेपाल अघि बढ्छ भनेर तयार पारेका समिकरण फेसबुक र ट्वीटरमा छ्याप्पछ्याप्ती शेयर भईरहेका छन् । नेपाली क्रिकेटलाई माया गर्नेहरु आँखा झिमिक्क नपारी कम्प्यूटर र मोवाईलको स्किनमा क्रिकइन्फो, फेसबकु, ट्वीटरलाई रिफ्रेस गर्दैछन् । केही सेकण्डमात्र स्कोर अपडेट नहुने बित्तिकै मुटुको धड्कन बढ्न थाल्छ, चिटचिट पसिना आउन थाल्छ अनि नङ टोकाईको गति बढ्न थाल्छ । २-४ बलमा रन नबन्ने बित्तिकै लौ खत्तम भयो, हार्ने भईयो भनेर आतित्दै लेखिएका फेसबुक स्टाटस र ट्वीटले टाईमलाईन भरिन्छ । अर्को २-४ बलमा चौंका छक्का हान्ने बित्तिकै खुशी भरिएका स्टाटस र ट्वीट टाईमलाईनभरी छरिन्छन् । 

Friday, March 22, 2013

Headlines 2020 (२०२० का सम्भावित हेडलाईनहरु)

धेरै भएको थियो Storify नगरेको । बिषयहरु प्रसस्तै भएपनि कहिले के नमिल्ने कहिले के । तर आज चाहि #Headlines2020 लेखेर गरेको ट्वीटहरु देखेपछि Storify गर्न मन लाग्यो । ७ बर्ष पछिका सम्भावित घट्नाक्रमहरुलाई नेपाली ट्वीटेहरु रोचक र घोचक रुपमा लेखे । यो सिलसिलामा लोडसेढिङ्ग, खेलकुद, फिल्म, प्रबिधि, बिकास, बर्तमान घट्नाक्रम कुनै क्षेत्र पनि बाँकी रहेनन् । बाँकी ट्वीट आफै बोल्छन् :P

Saturday, February 23, 2013

नमोबुद्ध – बल्थली - खोपासी (फोटो कथा)

नजिकको तीर्थ हेला भने झै काठमाण्डौं बसेको दशक बित्दा पनि काठमाण्डैबाट लगभग ४० किमी दुरीको नमोबुद्ध जाने अवसर जुरेको थिएन । यहि हिउँदको एक शनिबार काभ्रेको नमोबुद्धबाट हिड्दै बल्थली पुग्दा पहिले नै किन यहाँ आइएनछ भनेर थकथकी लागिरह्यो । लगभग ३ घण्टाको उकालो कम ओरालो बढीको पैदल यात्रा गर्दा छर्लङ्गै खुलेको हिमाल, सल्लाको सुसेली, चराको चिरबिर, लटरम्म सुन्तलाका बोटले लोभ्याईरहे । बोटबाट टिप्दा टिप्दैको सुन्तलाको स्वाद र टाढा देखिने डाँडोको मूल आएको पानी, बाटै छेउको कलधाराबाट कलकल गर्दै खाँदाको मज्जा यात्राको थकानलाई भुलाउन पर्याप्त थिए । बाँदर लड्ने भिर खोपेरे बनाइएका मान्छे हिड्न मिल्ने खुट्किला, आलु रोप्न ठिक्क पारिएको बल्थलीको फाँट र डोल यात्राका थप आकर्षण थिए । 

Tuesday, January 29, 2013

यस्ता छन् एफएम रेडियोका समस्या


प्रधानमन्त्री ज्यू
यसअघि पनि तपाईले उर्जा समस्या समाधानका लागि सुझाव माग्नु भएको थियो । हिजो फेरि मिडिया क्षेत्र संकटग्रस्त भयो भनेर कस्ता सहयोग उपयोगि हुन्छन भनेर सुझाव माग्नु भएको छ । थाहा भएन अहिलेसम्म तपाईलाई ट्वीटर मार्फत प्राप्त सुझावहरु कतै डकुमेन्ट पनि भएका छन वा हामीजस्ता  ट्वीटेका झै "Interaction Section" मै सिमित छन् । यस्ता सुझावहरु कतै डकुमेन्टेड होलान् वा सम्बन्धित निकायहरुसँगको छलफलका बिषय बन्लान् भन्ने आशा लागेरै केहि लेख्न मन लागेको छ । प्रेस स्वतन्त्रता र मिडियालाई हेर्ने तपाईहरुको नीति (पार्टीको समेत) स्पष्ट नहुँदा नहुँदै पनि तपाईले साँच्चै उनीहरुको समस्या बुझ्न र त्यसको समाधानका लागि ठोस पहल गर्न सुझाव माग्नु भएको हो  भने विगत एक दशक यतादेखि यस क्षेत्रमा प्रत्यक्ष काम गरेको हैसियतले यहाँका एफएम रेडियोहरुमा आफूले देखेका, भोगेका केहि समस्या, अनुभव यहाँ लेख्दैछु ।
 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates